शेयर बजारमा ५ अर्ब १ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ पुस २० आइतवार १५:५३
4.97K
shares
shares

काठमाडौं, २० पुस । शेयर बजारमा ५ अर्ब १ करोडको कारोबार हुँदा एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ३० करोड ६५ लाखको कारोबार भएको हो ।
यसदिन श्रीनगर एग्रीटेकको २२ करोड ८८ लाख रुपैयाँ कारोबार भएको छ भने बन्दीपुर केबलकारको २२ करोड १२ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी एनआईसी एसिया बैंकको २१ करोड ९४ लाख रुपैयाँ कारोबार भएको छ भने सागर डिस्टिलरीको १८ करोड ९२ लाख रुपैयाँ कारोबार भएको छ ।



















