Dhulikhel Eco Banner new

पेट्रोलियम पदार्थको मूल्य घट्यो

5.45K
shares

काठमाडौं, २ माघ । इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि नेपाल आयल निगमले पनि सोहीअनुसार मूल्य समायोजन गरेको छ। निगमले माघ २ गतेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो।

भारतबाट पेट्रोल प्रतिलिटर ३ रुपैयाँ १९ पैसा र डिजेल प्रतिलिटर १ रुपैयाँ ३७ पैसाले घटेर आएपछि निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाउने निर्णय गरेको निगमले जनाएको छ।

मूल्य समायोजनपछि पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५५ रुपैयाँ र तेस्रो वर्गमा १५६ रुपैयाँ कायम भएको छ। त्यसैगरी डिजेल र मट्टितेल पहिलो वर्गमा प्रतिलिटर १३३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १३५ रुपैयाँ र तेस्रो वर्गमा १३६ रुपैयाँ कायम गरिएको छ।

निगमका अनुसार पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ रहेका छन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्छन्।