Dhulikhel Eco Banner new

भुजुङ्ग हाइड्रोपावरको आईपीओ माघ १२ गतेदेखि सर्वसाधारणका लागि खुल्ने

5.03K
shares

काठमाडौं, २ माघ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले यही माघ १२ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेपछि अब सर्वसाधारणका लागि शेयर निष्कासन गर्न लागेको हो।

नेपाल धितोपत्र बोर्ड ९सेबोन० बाट कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत, अर्थात् २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये १० लाख कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र १ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँड भइसकेको छ।

बाँकी रहेको ९ लाख कित्तामध्ये २० हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि र ५० हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ। त्यसपछि बाँकी ८ लाख ३० हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। निष्कासन छिटोमा माघ १५ गते र पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ २६ गते बन्द हुनेछ। हाल आईपीओमा देखिएको उच्च लगानीकर्ताको चासोलाई हेर्दा छिटोमै पूर्ण आवेदन पर्ने सम्भावना रहेको छ।

कम्पनीको आईपीओका लागि गरिएको रेटिङमा इक्रा नेपाल लिमिटेडले भुजुङ्ग हाइड्रोपावरलाई ‘इक्राएनपी इस्यूअर रेटिङ सिंगल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले पाएको छ।