Dhulikhel Eco Banner new

सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँड

3.55K
shares

काठमाडौं, ७ माघ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँड भएको छ। उक्त योजनाको कोष प्रवर्द्धकमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र योजना व्यवस्थापकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

प्रति इकाई १० रुपैयाँ अंकित मूल्यका दरले कुल १० करोड इकाई बिक्रीका लागि ल्याइएको यस योजनामा १ करोड ५० लाख इकाई सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका लागि सुरक्षित गरिएको थियो भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको थियो।

सर्वसाधारणका लागि पुस ४ गतेदेखि पुस १८ गतेसम्म इकाई बिक्री खुला गरिएकोमा मागभन्दा बढी आवेदन परेपछि योजनाको आकार २५ प्रतिशतले वृद्धि गरिएको हो। सोही अनुसार योजनाको कुल आकार १२ करोड ५० लाख इकाई कायम गर्दै माघ ४ गते इकाई बाँडफाँड गरिएको सिटिजन्स क्यापिटल लिमिटेडले जनाएको छ।

यस योजनाको योजना व्यवस्थापक तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको भूमिका पनि सिटिजन्स क्यापिटल लिमिटेडले नै निर्वाह गरेको छ।