सामान्य अंकले बढेको को शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ माघ १९ सोमवार १५:१५
shares

काठमाडौं, १९ माघ । सोमवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार १.५३ अंकले बढेर २,६९५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ११४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब २२ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको को शेयर बजारमा एसवाइ प्यानल, श्रीनगर एग्रीटेक इन्डस्ट्रिज र हिमस्टार उर्जाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
यसदिन सान्भी इनर्जीका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले कमाएका छन् भने बन्दीपुर केवलकारका लगानीकर्ताले ९.५३ प्रतिशतका दरले कमाएका छन् ।

















