Dhulikhel Eco Banner new

गरिमा विकास बैंक र सुपर मादी हाइड्रोपावरका बोनस शेयर नेप्सेमा सूचीकृत

3.38K
shares

काठमाडौं, २३ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीवार दुई कम्पनीका बोनस शेयर सूचीकृत भएका छन्। नेप्सेका अनुसार गरिमा विकास बैंक लिमिटेडको ६ प्रतिशत तथा सुपर मादी हाइड्रोपावर लिमिटेडको ५ प्रतिशत बोनस शेयर सूचीकृत गरिएको हो।

गरिमा विकास बैंकको बोनस शेयरअन्तर्गत ३४ लाख ८ हजार ३१९ दशमलव ४० कित्ता शेयर नेप्सेमा थपिएको छ। त्यस्तै, सुपर मादी हाइड्रोपावर लिमिटेडको ५ प्रतिशत बोनस शेयरबापत ११ लाख २ हजार ५०० कित्ता शेयर सूचीकृत भएको छ।

सूचीकृत यी दुवै कम्पनीका शेयर आगामी आइतवारदेखि दोस्रो बजारमा कारोबारका लागि खुला हुनेछन्। यद्यपि, सम्बन्धित शेयरधनीको हितग्राही ९डिम्याट० खातामा शेयर जम्मा भएपछि मात्र ती शेयर किनबेच गर्न सकिने नेप्सेले स्पष्ट गरेको छ।