नेको इन्स्योरेन्सले कमायो १ करोड ७ लाख खुद नाफा
वि.सं.२०८२ माघ २९ बिहीवार १०:१९
shares

काठमाडौं, २९ माघ । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मसम्म १ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा भने कम्पनीले १५ करोड ६० लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो ।
नेको इन्स्योरेन्स कम्पनीले चालु आवको छ महिनामा एक अर्ब १८ करोड ५४ लाख ४७ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आवको यसै अवधीमा एक अर्ब २० करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गर्न सफल भएको नेकोको व्यवसाय चालु आवमा सामान्य अंकले घटेको छ ।
गत आवको आवको पुस मसान्तसम्म कम्पनीले ६८ करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा त्यसको तुलनामा चालू आवको पुस मसान्तसम्म १.४९ प्रतिशतले व्यवसाय वृद्धि गरी ६९ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ४ करोड ७० लाख रुपैयाँबाट १.९० प्रतिशतले घटेर १ अर्ब २ करोड ७१ लाख रुपैयाँ नाघेको छ भने कुल खर्च ८२ करोड ४१ लाख रुपैयाँबाट २२.७७ प्रतिशतले बढेर १ अर्ब २ करोड १७ लाख रुपैयाँ नाघेको छ।
त्यस्तै अभिकर्तालाई कमिशन बापत दिएको रकम पनि २ करोड १४ लाख रुपैयाँबाट ४४.३२ प्रतिशतले बढेर ३ करोड १० लाख रुपैयाँ नाघेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १५.५१ रुपैयाँबाट घटेर ०.८० रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ २३३.३५ रुपैयाँ रहेको छ।
चुक्ता पूँजी २ अर्ब ६९ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा १६ करोड ७७ लाख रुपैयाँ र जगेडा कोषमा ५८ करोड ७१ लाख रुपैयाँ सञ्चित रहेको छ।

















