Dhulikhel Eco Banner new

सिद्धार्थ क्यापिटलद्वारा SSIS योजनाका इकाई डिम्याट खातामा जम्मा

आकार २.८० अर्ब पुर्‍याइयो

3.87K
shares

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेड ले सञ्चालन गर्दै आएको ‘सिद्धार्थ व्यवस्थित लगानी योजना (SSIS)’ अन्तर्गतका इकाईहरू इकाईधनीहरूको हितग्राही (डिम्याट) खातामा जम्मा गरिएको जनाएको छ। कम्पनीले सार्वजनिक सूचना जारी गर्दै चैत १६ गतेदेखि इकाईहरू सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा क्रेडिट गरिएको जानकारी दिएको हो।

यसअघि चैत २ गते कारोबार समयपछि इकाई बाँडफाँड प्रक्रिया अस्थायी रूपमा स्थगित गरिएको थियो। पछि नेपाल धितोपत्र बोर्ड बाट चैत ५ गते योजनाको आकार वृद्धि गर्ने स्वीकृति प्राप्त भएपछि बाँडफाँड प्रक्रिया पुनः अघि बढाइएको कम्पनीले जनाएको छ। सो स्वीकृतिअनुसार योजनाको आकार २ अर्ब ५० करोड रुपैयाँबाट बढाएर २ अर्ब ८० करोड रुपैयाँ कायम गरिएको हो।

सिद्धार्थ बैंक लिमिटेड प्रवर्द्धक रहेको र सिद्धार्थ क्यापिटलद्वारा व्यवस्थापन गरिएको उक्त खुलामुखी लगानी योजना अन्तर्गत अब सबै इकाईधनीहरूको खातामा इकाईहरू अद्यावधिक भइसकेका छन्। लगानीकर्ताले आफ्नो लगानी सम्बन्धी विवरण डिम्याट खाता वा मेरोसेयर प्रणालीमार्फत सहजै हेर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले इकाई बाँडफाँड स्थगनका कारण लगानीकर्तामा पर्न गएको असहजताप्रति क्षमायाचना व्यक्त गर्दै आगामी दिनमा सेवा थप प्रभावकारी, पारदर्शी र छिटो बनाउने प्रतिबद्धता जनाएको छ। योजनाको आकार वृद्धि भएसँगै लगानीकर्ताले थप अवसर प्राप्त गर्ने र विविधीकरणको सुविधा अझ विस्तार हुने अपेक्षा गरिएको छ।