Dhulikhel Eco Banner new

एपोलो हाइड्रोपावरको आईपीओ चैत २६ बाट खुल्ने

७.८० लाख कित्ता सर्वसाधारणका लागि

3.32K
shares

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले चैत २६ गतेदेखि सर्वसाधारणका लागि ७ लाख ८० हजार २०० कित्ता आईपीओ निष्काशन गर्ने भएको छ। प्रतिकित्ता १०० रुपैयाँका दरले जारी गरिने यस आईपीओको कुल आकार ७ करोड ८० लाख २० हजार रुपैयाँ बराबर रहेको छ।

कम्पनीले यसअघि स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेको छ। अब बाँकी सेयर सर्वसाधारणका लागि खुला गर्न लागिएको हो। कुल १४ लाख १० हजार कित्ता सेयर निष्काशन अनुमतिअनुसार यो दोस्रो चरणको बिक्री हो।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन अवधि चैत ३० गतेसम्म रहनेछ भने आवश्यक परे वैशाख १० सम्म लम्बिन सक्छ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘CARE-NP BB-’ रेटिङ दिँदै मध्यम जोखिम जनाइएको छ। कम्पनीले ओखलढुंगामा ६ मेगावाट क्षमताको बुकु खोला आयोजना सञ्चालनमा ल्याइसकेको छ, जसको लागत करिब १ अर्ब ३७ करोड रुपैयाँ रहेको छ।

आईपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ भने लगानीकर्ताले मेरो शेयर वा सि–आस्बामार्फत आवेदन दिन सक्नेछन्। ऊर्जा क्षेत्रमा बढ्दो आकर्षणबीच यो आईपीओप्रति लगानीकर्ताको चासो उच्च रहने अपेक्षा गरिएको छ।