भिडियो छायाँकनमा विश्व किर्तीमान कायम गरेका कलाकारलाई प्रमाणपत्र प्रदान
वि.सं.२०७९ असार २० सोमवार १८:२३
shares

काठमाडौं, २० असार । विश्वकै अग्लो स्थानमा भिडियो छायाँकन गरेर विश्व किर्तीमान कायम गरेका कलाकारहरुलाई विश्व किर्तीमानको प्रमाणपत्र प्रदा नगरिएको छ । ५०२० मिटर उचाईमा भिडियो छायाँकन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल नेपाली कलाकाहरुलाई सोमबार एक कार्यक्रमका बीच उपराष्ट्रपति नदबहादुर पुनले प्रमणपत्र हस्तान्तरण गरेका हुन् ।
उपराष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा विश्व किर्तीमान कायम गरेका गायक टेक बहादुर राई गायिका माया गुरुङ, गीतकार तथा निर्देशक बुद्धिराज राई, गितमा मोडल गरेका सिर्जना किराँती र शिखर जंग श्रेष्ठलाई विश्व किर्तीमानको प्रमाणपत्र हस्तान्तण गरिएको छ । त्यस्तै गितका संगीतकार राजु कार्की, एरेञ्जर राजु कार्की, सिनेमाटोग्राफर गंगाराम राई र बाद्यबादक शिवराज जोशी र डम्बर सिंहलाई सहभागीताको प्रमाणपत्र प्रदा नगरिएको थियो ।

‘सुन्दर हिमाल’बोलको गीतमा पुर्ण राईले गितार र टेक बहादुर राईले किबोर्डमा भूमिका निर्वाह गरेका छन् । सोलुखुम्बुको खारे (मेरापिक जाने बाटो) स्थित ५०२० मिटरको उचाईमा ‘सुन्दर हिमाल’बोलको गीतको छायाँकन गरेर गिनिज बुकमा ‘द हाईयष्ट म्यूजिक भिडियो अन ल्याण्ड’ विधामा रेकर्ड राखिएको हो । सोही स्थानमै गीतको लाइभ रेकर्डिङ समेत गरिएको थियो ।

प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा उपराष्ट्रपति पुनले नेपालीले विश्व किर्तिमानी राख्नु निकै खुसीको कुरा भएको बताए । उपराष्ट्रपति पुनले आगामी दिनमा पनि यस्तै सफलता मिल्दै जाहोस भन्दै शुभकामान व्यक्त गरेका छन् ।
विश्व किर्तिमानी समाजको आयोजनामा भएको प्रमाणपत्र हस्तान्तरण तथा बधाई ज्ञापन कार्यक्रममा समाजका अध्यक्ष सन्च बहादुर राई, किराँत कोयी/कोयु राई सोदेलकिमका केन्द्रीय उपाध्यक्ष गीतादेवी राई लगायतको उपस्थिती रहेको थियो ।















