कुमारी बैंकको १९ हजार ७८९ कित्ता संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८३ जेठ ७ बिहीवार ०७:०३
shares

कुमारी बैंकका एक संस्थापक लगानीकर्ताले आफ्नो स्वामित्वमा रहेको १९ हजार ७८९ कित्ता संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया सुरु गरेका छन्। बैंकले सार्वजनिक सूचना जारी गर्दै उक्त शेयर खरिदका लागि हाल कायम रहेका संस्थापक शेयरधनीलाई प्राथमिकता दिइने जनाएको हो।
बैंकका अनुसार इच्छुक संस्थापक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन कुमारी क्यापिटल लिमिटेड, नक्साल वा कुमारी बैंकको केन्द्रीय कार्यालय टंगालमा बुझाउन सकिने व्यवस्था गरिएको छ।
सूचनामा उल्लेख भएअनुसार तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरूबाट माग नआएमा शेयर अन्य लगानीकर्तालाई बिक्री खुला गरिनेछ। शेयरको मूल्य भने सम्बन्धित विक्रेताले निर्धारण गरेबमोजिम कायम हुने बैंकले जनाएको छ।















