Dhulikhel Eco Banner new

कालीमाटी बजारमा आजको भाउ : मूला १८ रुपैयाँमा, सिताके च्याउ ९०० रुपैयाँमा

624
shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ। आजको सूचीमा हाइब्रीड सेतो मूला सबैभन्दा सस्तो प्रतिकेजी १८ रुपैयाँ २५ पैसामा पाइने भएको छ भने सिताके च्याउ र सुकेको माछा ९०० रुपैयाँमा सबैभन्दा महँगो छ।

आलुको भाउमा भने विविधता छ। लाम्चो रातो आलु ३६ रुपैयाँ २५ पैसा, गोलो रातो आलु ३३ रुपैयाँ ७५ पैसा र मुडेको रातो आलु ३३ रुपैयाँ ३३ पैसामा पाइनेछ। सेतो आलु र भारतीय रातो आलु भने २९ रुपैयाँमै उपलब्ध छ। गोलभेँडामा ठुलो नेपाली गोलभेँडा ६३ रुपैयाँ ७५ पैसा, टनेल गोलभेँडा ३१ रुपैयाँ ४० पैसा र लोकल गोलभेँडा २१ रुपैयाँ २५ पैसामा पाइनेछ।

सागसब्जीमा लोकल गाजर ९२ रुपैयाँ ५० पैसा, लोकल बन्दा ५६ रुपैयाँ २५ पैसा, स्थानीय काउली ४७ रुपैयाँ ५० पैसा र सुकेको प्याज ३९ रुपैयाँ ७५ पैसामा बिक्री हुनेछ। लाम्चो भन्टा १९ रुपैयाँ ५० पैसा, डल्लो भन्टा ३४ रुपैयाँ ५० पैसा र हाइब्रीड काक्रो २३ रुपैयाँ ३३ पैसामा पाइनेछ।

सिमी र कोशाका भाउ उच्च छन्। मटरकोशा १६० रुपैयाँ, भटमासकोशा ११० रुपैयाँ र राजमा सिमी ८० रुपैयाँ प्रतिकेजी तोकिएको छ। तने बोडी २६ रुपैयाँ २५ पैसा र मकै बोडी ४६ रुपैयाँ २५ पैसामा पाइनेछ। लौका, तराई परवर, स्कूस र तोरीको साग ४५ रुपैयाँमा उपलब्ध छ।

च्याउको बजारमा भने उल्लेख्य मूल्य अन्तर देखिएको छ। कन्य च्याउ २३२ रुपैयाँ ५० पैसा, राजा च्याउ २९० रुपैयाँ र डल्ले च्याउ ३४५ रुपैयाँमा पाइनेछ। कुरीलो ३२६ रुपैयाँ ६७ पैसा, हरियो प्याज ११० रुपैयाँ, सखरखण्ड ११० रुपैयाँ, पिंडालू ९५ रुपैयाँ र न्यूरो ९५ रुपैयाँमा बिक्री हुनेछ। पालूगो साग, चमसूरको साग र बोकाउली भने ८० रुपैयाँ प्रतिकेजीमा पाइनेछ।