GBIME

अप्पर सोलु हाइड्रोको आईपीओमा ३ गुणा बढी आवेदन

1.01K
shares

काठमाडौं, २२ असार । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि निष्काशन गरेको शेयरमा साढे ७ लाख बढीले आवेदन दिएका छन् ।

सिडिएस एण्ड क्लियरिङ्गको अनुसार मंगलबार साँझ ५ बजेसम्ममा ७ लाख ७५ हजार ९७५ जना आवेदकबाट ९० करोड ३४ लाख ९२ हजार रुपैयाँ बराबरको ९० लाख ३४ हजार ९२० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको १८ लाख २० हजार ४७५ कित्ताको ३.९६ गुणा बढी हो ।

कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्ने छन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।