सोलु हाइड्रोपावरको ५ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै
वि.सं.२०८३ असार ७ आइतवार १३:०८
793
shares
shares

काठमाडौं, ७ असार । सोलु हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको साधारणसभा शेयरको इकइन अवधि आउँदो साउन ११ गते सकिंदैछ।
कम्पनीले आईपीओ निष्काशन गर्दा ५ लाख कित्ता आईपीओ सामूहिक लगानी कोषहरूका लागि छुट्याएको थियो। सर्वसाधारणमा आईपीओ बाँडफाँड गरेको मितिले ६ महीनासम्म सामूहिक लगानी कोषतर्फको शेयर लकइनमा राख्नुपर्ने प्रावधान छ।
लकइन अवधि सकिएसँगै उक्त शेयर कारोबारमा आउनेछ। कम्पनीको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।















