Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

533
shares

काठमाडौं, १९ साउन । मंगलवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २१.१५ अंकले घटेर २६६३.१८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ५८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ७ करोड कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा सप्तकोशी विकास बैंक लिका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ११.६७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि १०.२५ प्रतिशत केबिएल डिबेन्चर २०८६का लगानीकर्ताले ६.८३ प्रतिशतका दरले कमाएका छन् भने १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३का लगानीकर्ताले ३.३६ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि ७ प्रतिशत आरबीबीएल डिबेन्चर २०८८का लगानीकर्ताले ४.४९ प्रतिशतका दरले कमाएका छन् भने एनआईसी एसिया ब्यालेन्स्ड फन्डका लगानीकर्ताले ४.०४ प्रतिशतका दरले कमाएका छन् ।