Dhulikhel Eco Banner new

शेयर बजारमा ४ अर्ब ६२ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

559
shares

काठमाडौं, २१ साउन । शेयर बजारमा ४ अर्ब ६२ करोडको कारोबार हुँदा रिडी पावर कम्पनी लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ४७ करोड २४ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन अंखु खोला जलविद्युत कम्पनी लिमिटेडको २६ करोड ५९ लाख रुपैयाँ कारोबार हुँदा सोलु हाइड्रोपावर लिमिटेडको २३ करोड ७९ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरि नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको १९ करोड ४२ लाख रुपैयाँको कारोबार हुँदा खानीखोला जलविद्युत कम्पनी लिमिटेडको १६ करोड ९३ लाख रुपैयाँ कारोबार भएको छ ।