Dhulikhel Eco Banner new

नागरिक लगानी कोषको कार्यकारी निर्देशक नियुक्तिका लागि पाँच जनाको अन्तिम सूची

598
shares

काठमाडौं, २१ साउन । नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि पाँच जना उम्मेदवार छनोट भएका छन्।

अर्थ मन्त्रालयअन्तर्गत गठित नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले शैक्षिक योग्यता, कार्यअनुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्यांकनका आधारमा पाँच उम्मेदवारलाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट गरेको हो।

समितिको निर्णयअनुसार छनोट हुने उम्मेदवारमा अर्जुन कुमार गौतम, गोपाल घिमिरे, पर्वत कुमार काकी, यज्ञ प्रकाश न्यौपाने र समता पन्त भट्ट रहेका छन्।

छनोट भएका उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता अर्थ मन्त्रालय, सिंहदरबार काठमाडौंमा हुने समितिले जनाएको छ।

नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पद खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट पदपूर्ति गर्न अर्थ मन्त्रालयले यसअघि आवेदन आह्वान गरेको थियो। सोही प्रक्रियाअनुसार प्राप्त आवेदनमध्ये प्रारम्भिक मूल्यांकनपछि पाँच जना उम्मेदवार अन्तिम चरणका लागि छनोट भएका हुन्।

अब प्रस्तुतीकरण र अन्तर्वार्तापछि समितिले योग्य उम्मेदवारको नाम सिफारिस गर्नेछ। सरकारले समितिको सिफारिसका आधारमा नागरिक लगानी कोषको कार्यकारी निर्देशक नियुक्त गर्नेछ।