Dhulikhel Eco Banner new

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

4.13K
shares

काठमाडौं, २६ असार । सिटिजन्स बैंकले संस्थापक शेयरधनीको नाममा भएको शेयर बिक्री गर्ने भएको छ ।
संस्थापक सेयरधनी यम बहादुर खत्रीले आफ्नो नाममा रहेको २६ हजार २४३ कित्ता शेयर बिक्री खुला गरेका छन् ।

यसमा, सिटिजन्सकै संस्थापक सेयरधनीले न्यूतम १४३ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र सिटिजन्स बैंकको प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

उक्त अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।