Dhulikhel Eco Banner new

इन्डक्सन चुलो वितरण रोकियो

5.5K
shares

काठमाडौं, २६ असार । काठमाडौंमा बसोबास गर्ने दुर्गम क्षेत्रका विद्यार्थीलाई निःशुल्करूपमा उपलब्ध गराउने भनिएको इन्डक्सन चुलो वितरण कार्य रोकिएको छ । चुलो गुणस्तरहीन भएको भन्दै वैकल्पिक ऊर्जा केन्द्रले वितरण कार्य रोकेको हो ।

केन्द्रले हाल ७ हजार थान विद्युतीय चुलो आपूर्ति गर्ने ठेक्का पाएको एक आपूर्ति कम्पनीले स्फेसिफिकेसन भन्दा फरक गुणस्तरको चुलो ल्याएको पाइएकाले वितरण नगरेको जनाएको छ । केन्द्र स्रोतका अनुसार २ हजार वाटको इन्डक्सन वितरण गर्न खोजिएको थियो ।

केन्द्रले प्राप्त चुलोको परीक्षण गर्दा आकार सानो पाइएकाले वितरण कार्य रोकिएको हो । चुलो आपूर्तीको लागि डोलेश्वर महादेव एण्ड महेश जेभीले ठेक्का पाएको थियो । केन्द्रले चालु आर्थिक वर्ष भित्रै यो वितरण गर्ने गरी कार्यक्रम सार्वजनिक गरेको थियो । सरकारले यसैलाई नमुना मानेर आगामी आर्थिक वर्षको बजेटमार्फत स्थानीय निकायको सहयोगमा घरघरमा इन्डक्सन बाढ्ने योजनासमेत अघि सारेको छ ।