रसुवा बाढी प्रभावितलाई अमेरिकाले ३६ लाख डलर सहायत दिने
वि.सं.२०८३ भदौ १४ आइतवार ११:४४
416
shares
shares

काठमाडौं, १४ भदौ । अमेरिकाले नेपालका बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी मानवीय सहायता उपलब्ध गराउने भएको छ।
अमेरिकी विदेश मन्त्रालयले आइतबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक सन्देश जारी गर्दै विपद्को घडीमा अमेरिका नेपाली जनताको साथमा उभिएको प्रस्ट पारेको छ। मन्त्रालयले घोषणा गरेको उक्त सहायताअन्तर्गत बाढीबाट प्रभावित १० हजार घरपरिवारलाई ३ महिनासम्मका लागि आपत्कालीन खाद्यान्न उपलब्ध गराइनेछ।
यसैगरी, मन्त्रालयले अमेरिकी नागरिकहरूको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता भएको उल्लेख गरेको छ।


















