Dhulikhel Eco Banner new

नेशनल लघुवित्तले बाढी पीडितलाई दियो ७० लाख

1.42K
shares

काठमाडौं । नेशल लघुवित्त वित्तीय संस्थाले भोटेकाशी बाढी पीडितका लागि ७० लाख सहयोग गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप कोषमा नेशनलले ७० लाख रुपैयाँ दिएको हो । बिहीबार संस्थाका सञ्चालकद्वय प्रदित कुमार रेग्मी र नरेन्द्य्र प्रसाद छद्खुलीसहित सीईओ रामबहादुर यादव र डिसीईओ देवेन्द्र बस्नेतले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका छन् ।

यो रकम लघुवित्त क्षेत्रकै हालसम्मको ठूलो रकम हो । संस्थाले यसबाहेक पीडित ग्राहक सदस्यका लागि छुट्टै आर्थिक सहयोग समेत प्रदान गर्ने सीईओ यादवले जानकारी दिए ।