बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ असोज ४ आइतवार ११:०१
442
shares
shares

काठमाडौं, ४ असोज । स्थानीय बजारमा आइतबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य २ हजार १ सयले बढेको हो ।
महासंघका अनुसार सुन शुक्रबार प्रतितोला ३ लाख ३ हजार १ सयमा कारोबार भएको सुन आइतबार बढेर ३ लाख ५ हजार २ सयमा कारोबार भएको छ ।
त्यसैगरी,आइतबार चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । शुक्रबार ४ हजार ७ सय ७५ रुपैंया मा कारोबार भएको चाँदी बढेर आइतबार ४ हजार ७ सय ९५ रुपैंया मा कायम भएको हो ।

















