घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ असोज ६ मंगलवार ११:३७
650
shares
shares

काठमाडौं, ६ असोज । स्थानीय बजारमा मगंलबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मगंलबार सुनको मूल्य १ हजार ७ सयले घटेको हो ।
महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख ३ हजार ९ सयमा कारोबार भएको सुन मगंलबार घटेर ३ लाख २ हजार २ सयमा कारोबार भएको छ ।
त्यसैगरी, मगंलबार चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ । सोमबार ४ हजार ८ सय ५ रुपैंया मा कारोबार भएको चाँदी घटेर मगंलबार ४ हजार ७ सय ७५ रुपैंया मा कायम भएको हो ।

















