Dhulikhel Eco Banner new

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९७५ जनालाई कारबाही

481
shares

काठमाडौं, ६ असोज । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९७५ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४८, सिसिटिभिमार्फत ६१, रातोबत्तीमा ५१ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १३०, हर्न निषेधमा २१, लेन क्रसमा ४७, अवस्था ठिक नभएको ५५, एकतर्फीमा १४ र अन्यमा ५४८ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।