इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो
वि.सं.२०८३ असोज ७ बुधवार १०:३३
533
shares
shares

काठमाडौं, ७ असोज । काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा पर्व आज (बुधबार) देखि औपचारिक रूपमा सुरु भएको छ । हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अगाडि लिङ्गो ठड्याएर औपचारिक रूपमा जात्रा सुरु भएको हो ।
इन्द्रजात्राको सुरुवातसँगै लिङ्गो ठड्याउने क्रममा परम्परागत बाजागाजा बजाउँदै धार्मिक विधिअनुसार पूजाआजा गरेर सम्पन्न गरिएको छ । इन्द्रजात्रा काठमाडौं उपत्यकाका नेवार समुदायको महत्त्वपूर्ण पर्व हो ।

















