घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ असोज ९ शुक्रवार ११:१७
221
shares
shares

काठमाडौं, ९ असोज । स्थानीय बजारमा शुक्रबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ५ सयले घटेको हो ।
महासंघका अनुसार बिहिबार प्रतितोला २ लाख ९९ हजार १ सयमा कारोबार भएको सुन शुक्रबार घटेर २ लाख ९८ हजार ६ सयमा कारोबार भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ । बिहिबार ४ हजार ६ सय ५० रुपैंया मा कारोबार भएको चाँदी घटेर शुक्रबार ४ हजार ६ सय २० रुपैंया मा कायम भएको हो ।

















