दोहोरो अकंले बढ्यो शेयर बजार, यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ असोज २८ बुधवार १५:१६
shares

काठमाडौं, २८ असोज । बुधबार शेयर बजार दोहोरो अकंले बढेको छ। शेयर बजार २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा बन्द भएको हो।
शेयर बजारमा १८८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८० वटाको घटेको छ। यस्तै, ९ कम्पनी स्थिर छन्। यसदिन ४ अर्ब १३ करोड रूपैयाँ बढीको कारोबार भएको छ।
दोहोरो अंकले बढेको शेयर बजारमा एसबीएल डिबेन्चर २०८९ का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १३.२१ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि नेपाल एसबीआई बैंक डिबेन्चर २०९० का लगानीकर्ताले ८.१८ प्रतिशतका दरले कमाएका छन् भने उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ४.९५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि एनआईसी एसिया सेलेक्ट फन्ड ३० का लगानीकर्ताले ४.९१ प्रतिशतका दरले कमाएका छन् भने नबिल डिबेन्चर २०८९ का लगानीकर्ताले ४.५५ प्रतिशतका दरले कमाएका छन् ।


















