Dhulikhel Eco Banner new

सामान्य अकंले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सामान्य बढ्यो

676
shares

काठमाडौं, २९ असोज । बिहिबार शेयर बजार सामान्य अकंले बढेको छ। शेयर बजार ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा बन्द भएको हो।

शेयर बजारमा १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९३ वटाको घटेको छ। यस्तै, १५ कम्पनी स्थिर छन्। यसदिन ४ अर्ब ७० करोड रूपैयाँ बढीको कारोबार भएको छ।

सामान्य अंकले बढेको शेयर बजारमा बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि एसबीएल डिबेन्चर २०८९ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ३.०० प्रतिशतका दरले गुमाएका छन् ।