सामान्य अकंले बढ्यो शेयर बजार, यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ असोज २९ बिहीवार १५:१७
shares

काठमाडौं, २९ असोज । बिहिबार शेयर बजार सामान्य अकंले बढेको छ। शेयर बजार ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा बन्द भएको हो।
शेयर बजारमा १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९३ वटाको घटेको छ। यस्तै, १५ कम्पनी स्थिर छन्। यसदिन ४ अर्ब ७० करोड रूपैयाँ बढीको कारोबार भएको छ।
सामान्य अंकले बढेको शेयर बजारमा एसबीएल डिबेन्चर २०८९ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ३.०० प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि लक्ष्मी भ्यालु फन्ड २ का लगानीकर्ताले २.८४ प्रतिशतका दरले गुमाएका छन् भने माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडका लगानीकर्ताले २.८३ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि गरिमा समृद्धि योजनाका लगानीकर्ताले २.७७ प्रतिशतका दरले गुमाएका छन् भने कालंगा हाइड्रो लिमिटेडका लगानीकर्ताले २.७३ प्रतिशतका दरले गुमाएका छन् ।


















