बालेन शाहले पुरा गरेनन् बोलेको कुरा, गलाभरी माला भिरेर गरे भाषण
वि.सं.२०७९ असार ३० बिहीवार १७:३८
shares

काठमाडौं, ३० असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चुनाव जिते लगत्तै खाएको कसम बाचा पुरा नगरी तोडेका छन् । चुनाव जिते लगत्तै मेयर शाहले काठमाडौंको फोहोर व्यवस्थापन नगरी खादा माला नै नलगाउने घोषणा गरेका थिए ।
काठमाडौंका सडक किनाराहरुमा अहिले पनि फोहोरका ढंगुर देख्न सकिन्छ । मेयर शाहले आफ्नो बाचा पुरा नगरी बिहीबार एक सार्वजनिक कार्यक्रममा गलाभरी माला भिरेर आफ्नो भनाइ राखेका छन् ।
चुनाव अघिसम्म निकै लोकप्रिय रहेका शाह निर्वाचित भएपछि गरेका निर्णयका कारण अहिले आलोचित छन् । उनले र्यापर यम बुद्धको शालिक बनाउने, रुटिन अफ नेपाल बन्द जस्ता संस्थालाई पैसा बाढ्ने लगायतका विवादास्पद निर्णय गरेका छन् ।


















