Dhulikhel Eco Banner new

एलसीसीआईले तयार गर्‍यो होटल म्यानेजमेन्टको अन्तराष्ट्रिय कोर्स

6.72K
shares

काठमाडौं, ६ साउन । एलसीसीआई ग्लोबल क्वालिफिकेन्ससले होटल म्यानेजमेन्ट विषयमा अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रमको विकास गरेको छ । स्कटल्यान्ड र स्विट्जरल्यान्डको हस्पिटालिटी म्यानेजमेन्ट विषयका विज्ञ र नेपाली पर्यटन क्षेत्रका विज्ञहरू मिलेर उक्त पाठ्यक्रमको विकास गरेका हुन् ।

एलसीसीआईले देशभरका १८ वटा होटल म्यानेजमेन विषयमा तालिम दिने संस्थामार्फत हस्पिटल म्यानेजमेन्टको कोर्स समेत सञ्चालन गरिरहेको छ । हस्पिटल म्यानेजमेन्ट तालिममार्फत वार्षिक ६०० दक्ष जनशक्ति उत्पादन भइरहेको एलसीसीआईले जनाएको छ । संस्थाले यस्तो तालिम कार्यक्रम कुनै एउटा मात्र संस्थाले संचालन गर्दा सिमिति क्षेत्र र सिमित जनशक्ति मात्रै उत्पादन हुने भएकाले देशका धेरै स्थानमा रहेको संस्थासँग सहकार्य गरेको हो ।

एलसीसीआईको कोर्स अन्तर्गत तालिम प्राप्त जनशक्तिको व्यावहारीक ज्ञान एक दमै उच्च स्तरको भएकोले देश र विदेशका होटलहरुमा रोजगारीको लागि अवसर प्राप्त हुनेछ । अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त संस्थाद्वारा गुणस्तर सुनिश्चितता प्राप्त गर्नुका साथै अन्तराष्ट्रिय स्तर समेत निर्धारण भई सकेको हस्पिटालिटी क्षेत्रमा छोटो अवधिमा नै अन्तराष्ट्रि क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।

त्यस्तै नेपालको पर्यटन क्षेत्रमा अनुभव प्राप्त विज्ञहरूको परामर्श र सहयोगमा पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको सेवा प्रदायक संस्थालाई सुहाउने जनशक्तिमा हुनुपर्ने दक्षताको पहिचान गरी कोर्सको विकास गरिएको हो ।

‘डेभ्लप्ड इन नेपाल रिकोग्नाइज ग्लोबल’ नाराका साथ सञ्चालनमा आएको यो कार्यक्रममा विदेशका थुप्रै होटल म्यानेजमेन्ट तालिम सञ्चालन गर्ने संस्थाले समेत रुची देखाएका छन् । यसै सिलसिलामा सन् २०१९ देखि बङ्गलादेशको अन्तराष्ट्रि कल्चर सेन्टरले पनि एलसीसीआईको कोर्सअन्तर्गत तालिम सञ्चालन गरिरहेको छ । हालसम्म उक्त संस्थाबाट २ ब्याच विद्यार्थी पास आउट भइसकेका छन् ।