Dhulikhel Eco Banner new

सिद्धार्थनगर नगरपालिकामा इन्टरनेसनल मल्टी स्पेसियालिटि हस्पिटल निर्माणा

5.93K
shares

काठमाडौं, ७ साउन । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अगुवाई तथा नबिल बैंक लिमिटेडको सहभागीतामा लुम्बिनी प्रदेशको सिद्धार्थनगर नगरपालिकामा १०० शैयाको एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटि हस्पिटल निर्माणा तथा सञ्चालान  गर्न रु २ अर्व ५४ करोड सम्मको कर्जा
सुविधाहरु स्वीकृत गरि २०७९ साल श्रावण ५ गते बिहीबार सहवित्तीयकरण सम्झौता सम्पन्न भएको छ । उक्त हस्पिटल निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले रु १ अर्ब ५४ करोड तथा नबिल बैंक लिमिटेड रु १ अर्ब सम्म लगनी गर्ने छ ।

बिहीबार सम्पन्न भएको सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाको तर्फबाट प्रमूख कार्यकारी अधिकृत श्री राम कृष्ण खतिवडा, नायव महाप्रबन्धक श्री सूर्य बहादुर तामाङ्ग, नायव महाप्रबन्धक श्री विनय नाथ न्यौपाने र नबिल बैंक लिमिटेडको तर्फबाट प्रमूख
कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रसाद ढुंगाना, बरिष्ठ नायव प्रमूख कार्यकारी अधिकृत श्री सुजितकुमार शाक्य, नायव प्रमुख कार्यकारी अधिकृत श्री भुपेन्द्र पाण्डे सहित बैंकहरुका कर्मचारीहरु र परियोजनाको तर्फबाट अध्यक्ष श्री कमल भण्डारी लगायत अन्य पदाधिकारीहरुकोे उपस्थिति रहेका थिए ।

कार्यक्रममा हस्पिटलका अध्यक्ष श्री कमल भण्डारीले परियोजनामा लगानीको लागिसहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफु उत्साहीत भएको र परियोजना निर्माणकार्य समयमै सम्पन्न गरि व्यवसायीक संचालन सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त हस्पिटलले लुम्बिनी प्रदेशको स्वास्थ सेवामा विशिष्ट्रिकृत योगदान पुर्याउने अपेक्षा रहेको छ ।