Dhulikhel Eco Banner new

माछापुच्छ्रेको मुनाफा ३४ प्रतिशतले बढ्यो

6.54K
shares

काठमाडौं, ७ साउन । माछापुच्छ्रेबैंक लिमिटेडले गत आर्थिक वर्षमा २ अर्ब १६ करोड ९ लाखभन्दा बढीको नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३४.४३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा १ अर्ब ६० करोड ७६ लाख रहेको थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा बढेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.६७ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी १४.९५ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १२.९० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २६.७५ प्रतिशत बढेको छ ।

इम्पेरमेन्ट चार्ज घटेसँगै खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा धेरै बढ्न पुगेको हो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३२ करोड ८४ लाख रुपैयाँ रहेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ३१ पैसा बढेर २१ रुपैयाँ ७ पैसा पुगेको छ ।

सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ७० पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १३.३० प्रतिशत बढेको छ भने जगेडा कोष २२.९० प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप १०.१९ प्रतिशत र कर्जा १३.२० प्रतिशत बढेको छ ।