Dhulikhel Eco Banner new

शाओमीको रेड्मी १०ए नेपाली बजारमा, यस्तो छ मूल्य

4.81K
shares

काठमाडौं, १४ साउन । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १०ए नेपाली बजारमा सार्वजनिक गरेको छ ।

यसमा रहेको १३ एमपी मेन क्यामेरा र २ एमपी देप्थ क्यामेरा सेन्सरले प्रयोगकर्ताहरुलाई सोचे जस्तै फोटो खिच्न र यादगार पलहरु सहज रूपमा रेकर्ड गर्न मद्दत गर्ने नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले बताए ।

रेड्मी १०ए मा पावर अपको लागि मिडिया टेक हेलियो जी२५ प्रोसेसर जडित छ । यसमा लामो समयसम्म चल्ने छ । यो स्मार्टफोन १० वाटको चार्जिङ अडाप्टरको साथ उपलब्ध छ ।

रेड्मी १०ए बजारमा ग्रेफाइट ग्रे, क्रोम सिल्भर र स्काई ब्लू गरि तीन रंगहरूमा उपलब्द छ । यो फोन २ जीवी प्लस ३२ जीवी र ३ जीवी प्लस ६४ जीवी स्टोरेज भेरियन्टमा आउँदछ, जसको मूल्य क्रमशः रु. १३,९९९ र रु. १५,९९९ रहेको छ । रेड्मी १०ए १३ श्रावन २०७९ देखि देशभरका सबै अधिकृत मि स्टोरहरूमा उपलब्ध हुनेछ ।