कसुवा खोला हाईड्रोपावरको भदौ २ साधारणसभा, के के छन् एजेण्डा ?
वि.सं.२०७९ साउन १४ शनिवार १५:१९
9.97K
shares
shares

काठमाडौं, १४ साउन । कसुवा खोला हाईड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा भदौ २ गते गर्ने भएको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित कार्यालयमा साधारणसभा गरिने कम्पनीले जानकारी दिएको छ। कम्पनीको साउन १० गते बसेको सञ्चालक समिति बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।
सभाले आव २०७७र७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८र७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारणसभा प्रयोजनको लागि साउन १९ गतेदेखि भदौ २ गतेसम्म कम्पनीको बुक क्लोज हुनेछ ।















