Dhulikhel Eco Banner new

बरुण हाइड्रोपावरले हकप्रद शेयर जारी गर्ने

6.81K
shares

काठमाडौं, १८ साउन । बरुण हाइड्रोपावर लिमिटेडले भदौ ६ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरका  २६ करोड ७९ लाख ७ हजार ५०० बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ ।

कम्पनीले हाल कायम रहेको १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।

उक्त हकप्रद शेयरमा विक्री प्रवन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग सँगै राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ ।

हकप्रद निष्कासनका लागि कम्पनीले साउन २ गते बुकक्लोज गरिसकेको छ । यसअनुसार साउन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।