Dhulikhel Eco Banner new

ङादी ग्रुप पावरको हकप्रद शेयर बिक्रीमा

4.42K
shares

काठमाडौं, १७ साउन । ङादी ग्रुप पावरले १५० प्रतिशत हकप्रद शेयर आजबाट बिक्रीमा ल्याएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ दशमलव ५ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो ।

कम्पनीले एक सय रूपैयाँ अंकित दरका १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० रूपैयाँ बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रूपैयाँ रहेको छ । १५० प्रतिशत हकप्रद शेयर जारीपश्चात् कम्पनीको चुक्तापूँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रूपैयाँ पुग्नेछ ।

हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले असार २० गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असार १९ गतेसम्म शेयर कायम रहेका सदस्यहरूले मात्र यो हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

यो शेयरको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।