प्राइम लाइफको सीईओमा निर्मल दाहाल नियुक्त
वि.सं.२०७९ साउन १९ बिहीवार १४:५४
5.16K
shares
shares

काठमाडौं, १९ साउन । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सीईओमा निर्मल दाहाल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले दाहाललाई नियुक्त गर्ने निणर्य गरेको हो ।
यसअघिका सीईओ मनोजकुमार भट्टराईको कार्यकाल गत असार मसान्तमा सक्किएपछि सो पद रिक्त दियो । कम्पनीले दाहाललाई नियुक्त गरी स्वीकृतिका लागि समिति पठाएको थियो ।
दाहालले विनेशन एडमिनिष्ट्रेशनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातोकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।















