Dhulikhel Eco Banner new

नबिल बैंकको कमालको प्रगति, एक वर्षमा कमायो करिब ५ अर्ब

6.45K
shares

काठमाडौं, २० साउन । नबिल बैंकको खुद मूनाफा ५ अर्ब नजिक पुगेको छ । एनबी बैंकलाई गाभेर असार २७ गते एकीकृत कारोबार गरेको नबिलले गत आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा गरेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ४ अर्ब ५२ करोड रुपैयाँ मात्र थियो ।

गत असार मसान्तसम्म बैंकको रिजर्बमा २६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । नबिल बैंकको निक्षेपको आकार ३ खर्ब २६ खर्ब पुगेको छ । जुन वाणिज्य बैंकहरुमा सबैभन्दा बढी हो । यस्तै कर्जा ३ खर्ब १ अर्ब पुगेको छ । एनबीलाई गाभेपछि नबिल अहिले निक्षेप,कर्जा तथा पुँजीको आधारमा सबैभन्दा ठूलो बैंक भएको छ ।

असार मसान्तसम्म बैंकको पुँजीकोष अनुपात १३.४४ प्रतिशत छ । अघिल्लो वर्ष १२.७७ प्रतिशत थियो । अघिल्लो वर्षको तुलनामा भने बैंकको खराब कर्जा भने बढेको छ । ०.८४ प्रतिशत अघिल्लो वर्ष असार मसान्तमा खराब कर्जा रहेकोमा यो वर्ष १.५४ प्रतिशत रहेको छ ।

असार मसान्तसम्म बैंकको कर्जा निक्षेप अनुपात ८९.७९ प्रतिशत रहेको छ । बैंकको बेसरेट अघिल्लो वर्षको ५.८६ प्रतिशतबाट यो वर्ष असार मसान्तमा ८.८७ प्रतिशत पुगेको छ ।