Dhulikhel Eco Banner new

रिडी र रैराङ हाइड्रोपावरको एकीकृत कारोबार सुरु

4.86K
shares

काठमाडौं, २३ साउन । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले मर्जरपश्चात एकिकृत कारोबार सुरु गरेको छ ।

दुबै कम्पनीले गत असार ३१ गतेदेखि एकिकृत कारोबार शुरु गरेको हो।

२०७८ कात्तिक १२ गते सम्पन्न रिडी हाइड्रोपावरको २० साधारण सभा र २०७८ कात्तिक १७ गते सम्पन्न रैराङ हाइड्रोपावरको १७ औँ वार्षिक साधारण सभाले रैराङ हाइड्रोपावरलाई रिडी हाइड्रोपावरमा गाभ्ने प्रस्ताव पारित गरेको थियो।

एक्विजिशनपश्चात यी दुई कम्पनीहरुले रिडी पावर कम्पनीको नामबाट एकिकृत कारोबार शुरु गरेका हुन्। कम्पनीको रजिष्टर्ड कार्यालय ट्रेड टावर, थापाथली, काठमाडौँमा रहेको छ।कम्पनी रजिष्ट्रारको कार्यालयबाट मर्जरको लागि गत असार ३० गते अन्तिम स्वीकृत पाएको थियो।