Dhulikhel Eco Banner new

उच्च अदालतको मूख्य न्यायाधीसमा सिफारिस थारुविरुद्ध न्यायपरिषदमा उजुरी

8.91K
shares

काठमाडौं, १ भदौ । उच्च अदालतको मुख्य न्यायाधिसमा सिफारिस भएका सत्य महोन थारुका विरुद्धमा न्याय परिषदमा उजुरी परेको छ । उच्च अदालत विराटनगरमा का.मु प्रमख न्यायाधिस हुँदा बदनियतपूर्ण फैसला गराएको भन्दै उदयपुरकी उषा दाहालेले न्याय परिषद्मा उजुरी गरेकी हुन् । त्यस्तै जिल्ला न्यायधिस उत्तम शिलवाललाई पनि कार्वाहीको माग गरिएको छ ।

सो समयमा उनले मातहतको कार्यालय न्यायधीसलाई समेत दवामा रोखेर फैसला गर्न लगाएको कुरा निवेदनमा उल्लेख छ । थारुले न्याय परिषद एने, २०७४ को दफा १० (ज) १० (छ), १० (झ), दफा ११ को १ को (क) र (च) समेतको बर्खिलाप गरी हुने गरी कार्य गरेको र सोही ऐनको दफा १९ बमोजिम जाँचबुझ गरी ऐनको दफा १४ बमोजिम कारबाही र ३२ बमोजिम पदमुक्त गर्न माग गरिएको छ ।

उनले फैसला गर्दा उदयपुर जल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ३ वस्ने श्याम कुमार भनिने मसिलाल चौधरी विरुद्धको सेतो हेरोइनको मुद्धामा बिक्री गरेको नपाइएको भन्दै २०७८ साल असार १८ गतेको फैसला अनुसार अभियुक्तले घरबाटै बरामद भएको भन्दा पनि सफाई दिएकाले दुवै जनालाई पदमुक्त गर्नका लागि माग गरिएको छ ।

मसिलाल लागूऔषध कारोबारी हुन भन्ने जान्दा जान्दै पनि फैसला गर्दा कारोबार नगरेको भनेर बदनियत पूर्वक फैसला भएको निवेदनमा उल्लेख गरिएको छ । लागू औषध एने, २०३३ ले लागू औषध ओसार पसार वा संचय गरेको खण्डमा ५ वर्ष देखि १२ वर्ष कैद सजाय हुने व्यवस्था गरेको छ । मुचुल्कामा खरिद गरि संचय गरेको देखिन्छ तर दुवै जना न्यायधिसले बिक्री भएको नदेखिएको भन्दै १ लाख धरौटीमा छाड्ने आदेश दिएकाले यो कानुन विपरित भएकाले उनीहरुलाई कारवाही गरी पदमुक्त गर्नका लागि न्यायपरिषद समक्ष आग्रह गरिएको छ ।

त्यस्तै चौधरीले आफ्नो कार्यक्षेत्रमा जातीवादी नारा लगाएर खास गरी उदयपुर जिल्लाका न्यायधिस माधव सुवेदी उत्तम सिलवाल श्रेस्तेदार धन वहादुर कार्की समेतलाई हात लिई अर्थ संकलन गर्न लगाउने र सो अनुरुप फैसला गराउने कानुनले नमिल्ने मुद्दा दर्ता गर्ने गराउने गरेको आरोप लागेको छ ।

एनले कृष्ण देव पंजियारको जालसाँजको मुद्दा दर्ता हुन सक्ने अवस्था नरेको अवस्थामा पनि उषा दाहालको फिरादीको आमा वुद्धीवती चौधरीसँग जग्गा खरिद गरी लिँदा एकासगोलमा नै रहेका १६ र १३ वर्ष नाबालख रहेकोमा साविक मुलुकी ऐन को अ.व.४० नंम्वर को हदम्याद भित्र र मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा ५२ नं. को हदम्याद भित्र फिराद गर्नु पर्नेमा सो नगरी मुलुकी देवानी संहिता २०७४ को दफा ४३४ को हदम्याद म्याद कायम गरी जालसाँज मुद्दा दर्ता गरेको सोही दफा को दावि लिई लेखत वदर दर्ता वदर को मुद्दा दर्ता गरेकोमा श्रेस्तादार धन वहादुर कार्कीले ऐनको व्यवस्था नहेरी सत्यमोहन थारुको कुरा मानी दर्ता गरेको उल्लेख गरिएको छ ।