प्रभु बैंकले संस्थापक शेयर बिक्री गर्दै
वि.सं.२०७९ भदौ २ बिहीवार १०:०९
shares

काठमाडौं, २ भदौ । प्रभु बैंक लिमिटेडले भदौ १० गतेदेखि संस्थापक समूहको शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको छ ।
बिहीवार बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले एक सूचना जारी गर्दै बिक्री गर्ने जानकारी गराएको हो ।
कम्पनीको ५० हजार कित्ता संस्थापक शेयर १४० मा विक्री हुनेछ । उक्त शेयरमा न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।
खरीद गर्न योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी वा संस्थाले उक्त संस्थापक शेयरमा भदौ १७ गतेभित्र विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ नक्सालमा शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।















