Dhulikhel Eco Banner new

नेपालको विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जान लागाइएको प्रतिबन्ध फुकुवा

6.19K
shares

काठमाडौं, ७ भदौ । सरकारले नेपालको विमानस्थलबाट तेस्रो मुलुक जान लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैंकले प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना सञ्चार तथा सूचना प्रविधी मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

कोभिडको समयमा नेपालको विमानस्थल प्रयोग गरेर भारतीय नागरिक साउदी गएको भन्दै नेपाल सरकारे नेपालको विमास्थल प्रयोग गरेर तेस्रो मुलुक जान नपाउने निर्णय गरेको थियो । गत वर्ष २०७८ वैशाख १३ गतेदेखि लगाएको प्रतिबन्ध सोमबार बसेको मन्त्रिपरिषदको बैठकले खारेज गरेको हो ।

त्रिभुवन विमानस्थल भित्रै ट्रान्जिट भएर विदेश जानका लागि भने रोक लगाइएको थिएन् । तर नेपाल आएर नेपालको विमानस्थललाई पारगमनको रुपमा प्रयोग गर्न रोक लगाइएको थियो । प्रतिबन्ध लगाउने सरकारको निर्णयमा पर्यटन व्यवसायीले भने विरोध जनाएका थिए । उनीहरुले बारम्बार यो निर्णय खारेज गर्नका लागि आग्रह गर्दै आएका थिए ।