हकप्रद शेयर निष्काशन गर्न हिमाल दोलखा हाइड्रोले पायो अनुमति
वि.सं.२०७९ भदौ १० शुक्रवार १५:१०
4.78K
shares
shares

काठमाडौं, १० भदौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले निष्काशन गर्न लागेको ७५ प्रतिशत हकप्रद शेयरलाई विद्युत नियमन आयोगले अनुमति दिएको छ ।
नियमनले कम्पनीको उक्त प्रस्तावित हकप्रद शेयरलाई साधारण सभामा लैजान सहमति प्रदान गरेको हो ।
हकप्रद शेयर निष्काशन गर्न साधारण सभामा पेश गर्नुअघि आयोगको पुर्व स्वीकृति लिनुपर्ने हुन्छ ।
सोही अनुरुप कम्पनीले पेश गरेको निवेदन हकप्रद शेयर निष्काशनबाट प्राप्त रकमको लगानी योजना सहितलाई साधारण सभाको प्रस्ताव लैजान कम्पनीलाई आयोगले स्वीकृति प्रदान गरेको हो ।















