नेपाल पे क्युआर मार्फत मासिक डेढ करोडको भुक्तानी कारोबार
वि.सं.२०७९ भदौ १० शुक्रवार १५:५४
shares

काठमाडौं, १० भदौ । गत असार तथा श्रावण महिनामा नेपाल पेको प्रति महिना कारोबार लगभग १.५ करोड पुगेको छ । विभिन्न बैंक वित्तीय संस्थाहरु तथ ाभुक्तानी सेवा प्रदायकहरु मार्फत नेपाल पेमा भुक्तानी प्राप्त गर्न विभिन्न मर्चेन्टहरुलाई इन्रोल गर्ने कार्यको पनि थालनी भइसकेको छ ।
हाल विभिन्न बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्गएप, वालेटको एप तथा कनेक्ट आइपीएस मोबाइलएपमार्फत नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ ।
उक्त सुविधा हाल एभरेस्ट बैंक, हिमालयन बैंक,माछापुच्छ्रे बैंक मेगा बैंक, एनआइसी एसिया सानिमा बैंक, सनराइज बैंक कामना सेवाबिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, सेलकोम प्रा.लि. गरी ११ वटा मोबाइल बैंकिङ्गएप, एक वालेट तथा कनेक्ट आइपीएस मोबाइल एपमा उपलब्ध रहेको छ भने नेशनल पेमेन्ट स्वीच अन्तर्गत उक्त सेवा सुचारु गर्न ५२ बैंक वित्तीय संस्था र १३ भुक्तानी सेवाप्रदायकले सम्झौतापनि गरिसकेका छन् ।
साथै नेपाल पे क्युआरको पूर्वाधारमाविभिन्न बैंक वित्तीय संस्थातथाभुक्तानी सेवाप्रदायकले आफ्नो विभिन्नव्यावसायिक संस्थाहरुलाई मर्चेन्टको रुपमा आबद्ध गरी क्युआर मार्फत भुक्तानी प्राप्त गर्ने सेवाको पनि थालनी गरिसकेको छ ।
भौतिक रुपमो क्युआर स्ट्यान्डी उपलब्ध गराई वाआफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक क्युआर इन्टिग्रेट गरी वा इ–कमर्श पोर्टलमो क्युआर गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्तभुक्तानी सेवाउपलब्धगरिएको छ ।
व्यावसायिक संस्थाहरुले क्युआर मार्फत भुक्तानी प्राप्त गर्न एभरेष्ट बैंक, हिमालयन बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, एनएमबि बैंक, एनआइसीएसिया बैंक, सानिमा बैंक, स्टयाण्डर्ड चार्टर्ड बैंक, सनराइज बैंक, गरिमा बिकास बैंक, कामना सेवाबिकास बैंक, सेन्ट्रल फाइनान्स, गुडविल फाइनान्स, आइसिएफसि फाइनान्स, सम्बृद्धि फाइनान्स लगायत फोकसवान सोलुसन्स्लाई सम्पर्क गर्न सक्दछन् भने अन्य बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक पनि थपिने क्रममा रहेका छन् ।
नेपाल क्लियरिङ्ग हाउस लि.ले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तर आबद्धता कायम गर्ने गरी नेपाल पे सञ्चालनमा ल्याइएको हो । क्युआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पेले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तर आबद्धता कायमगर्न सक्ने व्यवस्था रहेको छ ।
नेपाल सरकारको राजस्व भुक्तानी समेत क्यआर बाट गर्न मिल्ने गरी हालउपलब्ध गराउँदै आएको पेमेन्ट गेटवेमा समेत नेपाल पे थप गरिएको छ । जसअन्र्गत उक्त क्युआर स्क्यान गरी मोबाइल बैंकिङ्ग, वालेट, कनेक्ट आइपिएस लगायतबाट सजिलै राजस्व भुक्तानी गर्न सकिने भएको छ ।















