सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट
वि.सं.२०७९ भदौ १६ बिहीवार ०९:५२
shares

काठमाडौं, १६ भदौ । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ बुधवार बाँडफाँट भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आफ्नो जारीपूँजी ८५ करोडको १० प्रतिशत अर्थात् ८ करोड ५० लाख बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ५० हजार कित्ता आईपीओ साउन ६ गतेदेखि भदौ ५ गतेसम्म निष्कासन गरेको थियो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको थियो ।

















