Dhulikhel Eco Banner new

महानगरपालिकाले डिजिटल बोर्ड हटाएर ढुङगे युगमा जान खोज्यो : व्यवसायी (भिडियो सहित)

6.89K
shares

काठमाडौं, १८ भदौ । पछिल्लो समय काठमाडौं महानगरपालिकाप्रति आक्रोशित बन्दै गएका छन् । व्यवसायीलाई दुःख दिने नियतका साथ महानगर अग्रसर भएको भन्दै व्यवसायीहरुले त्यसको विरोध गरिरहेका हुन् ।

मापदण्ड विपरितका भौतिक संरचना हटाएको काठमाडौं महानगरपालिकाले अहिले डिजिटल बोर्डहरु समेत हटाउन थालेको छ । मापदण्ड विपरित राखिएका डिजिटल बोर्ड समेत महानगरले बन्द गराएको छ । यस्ता डिजिटल बोर्डका कारण दुर्घटना बढेको तथा मानविय स्वास्थ्यमा समस्या परेको महानगरको भनाइ छ ।

तर व्यवसायीहरुले भने त्यो कुरालाई स्वीकार गर्न तयार छैनन् । आफूहरुलाई कुनै पनि जानकारी नदिएर बोर्ड हटाउन भनिएकाले महानगर ढुङगे युगमा फर्किन लागेको हो कि भन्ने भान भएको व्यवसायी मोहन जंग कार्कीले बताए । ‘सुन्दरतामा आँच आएको भनिएको छ, पहिले होर्डिङ बोर्ड राख्दा सुन्दरता भएन भनेर डिजिटलमा गइयो अब के मा जाने हो,’ उनको आक्रोस थियो ।

त्यस्तै अर्का व्यवसायी प्रवेश ढुङ्गानाले पनि यो कार्यले व्यवसायीमा निकै निरासा उत्पन्न गरेको बताए । एउटा व्यक्ति परिवर्तन हुँदा नै नीति परिवर्तन गर्ने हो भने देशमा व्यवसाय गर्ने वातावरण नै नरहने उनको भनाइ छ ।

इलेक्ट्रोनिक तथा कम्युनिकेशन इन्जिनियर किशोर श्रेष्ठले होहल्लाकै आधारमा मात्रै निर्णय गरेको बताए । यस विषयमा महानगरका मेयरसँग केही समय भेटेर बुझाउन चाहेको उनको भनाइ छ । मानविय स्वास्थयमा कुनै पनि क्षेति नगर्ने उनको भनाइ छ ।

भिडियो