Dhulikhel Eco Banner new

अर्थतन्त्र विस्तारै लयमा फर्किदैछ, बैंकहरु पनि अनुशासनमा बस्नु पर्‍यो : गभर्नर अधिकारी

5.37K
shares

काठमाडौं, १८ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा पछिल्लो मङ्सिरयता सहजता देखिन थालेका बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार समाजको २४ औँ साधारण सभामा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

मंसिरदेखि सहज अवस्था देखिएको भए पनि जोखिम कम भने नभएको उनको भनाइ छ । ‘जोखिम पूर्ण रुपमा हटेको छैन्, सजगता अपनाउनु पर्ने अवस्था कायमै छ,’ उनले भने । सजगता अपनाउनका लागि नै अहिले पनि केही बस्तु माथिको आयातमा कडाई जारी राखिएको उनको भनाइ थियो ।

अहिले बाह्य क्षेत्रमा जोखिम कम नभएको भन्दै उनले अवस्था सामान्य बनेपछि आयात पूर्ववत रुपमा खुल्ला हुने पनि बताए । पेट्रोलियम पदार्थको मूल्य विश्वव्यापी रुपमा बढ्दा ससांर भरका अर्थमन्त्री र गभर्नर दवावमा रहेको उनले उल्लेख गर्दै नेपालमा समेत यस्तो दबाब रहेको उनको भनाइ थियो ।

अहिले बारम्बार रुपमा तरलता कहिले हट्छ भन्ने प्रश्न आइरहेको भन्दै यो बाह्य क्षेत्रका कारण आएको समस्या भएकाले बिपोपिको अवस्थामा सुधार हुनु पर्ने र सरकारले खर्च बढाउनु पर्ने गभर्नर अधिकारीले बताए । ‘अर्को पक्ष भनेको निजी क्षेत्र हो उहाँहरुले ऋण तिरिदिनु भयो भने तरलताको अवस्थामा सुधार आइहाल्छ,’ उनले भने । त्यस्तै बैंकहरुले पनि अनुशासनमा बस्नु पर्ने उनको भनाइ थियो ।