ङादी ग्रुप पावरको हकप्रद बाँडफाँट
वि.सं.२०७९ भदौ २३ बिहीवार ११:२१
shares

काठमाडौं, २३ भदौ । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर बाँडफाँट गरेको छ ।
कम्पनीले साउन १८ गते देखि भदौ ७ गते सम्म निष्काशन गरेको १५० प्रतिशत हकप्रद शेयरको भदौ २२ गते बाँडफाँट गरेको हो ।
सो अवधिभित्र रितपूर्वक आवेदन दिएका शेयरधनीहरुमा ९३ लाख ४६ हजार ६९६ कित्ता शेयर बाँडफाँट गरिएको हो । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । यस आधारमा कम्पनीले बिक्री नभएको १२ लाख ५७ हजार २९० कित्ता शेयर लिलामी मार्फत बिक्री गर्नेछ ।















