Dhulikhel Eco Banner new

बैंकिङ कसूर मुद्दाका फरार पक्राउ

4.08K
shares

काठमाडौं, २३ भदौ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट शिवपुरी गाउँपालिका(५ स्थायी घर भएका काठमाडौं महानगरपालिका(२६ सामाखुसी बस्ने २९ वर्षीय पुरुषोतम अधिकारी र चन्द्रागिरी नगरपालिका(८ गौंथलीचोक बस्ने २७ वर्षीय नबिन केसीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पुरुषोतमलाई काठमाडौं गोंगबुबाट र नबिनलाई काठमाडौं महानगरपालिका ११ थापाथलीबाट पक्राउ गरेको हो । पुरुषोतम बैंकिङ कसूर मुद्दामा ४० लाख रुपैयाँ विगो ठहर भई फरार रहेका थिए ।

साथै नबिन बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ जेठ २४ गतेको फैसलाले ५ दिन कैद, ५ लाख २५ हजार जरिवाना र २१ हजार रूपैयाँ क्षतिपूर्ति ठहर भई फरार रहेका थिए । पुरुषोतमलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ भने नबिनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल ललितपुरमा पठाइएको छ ।